अख्तियारले खड्कासँगै उनकी श्रीमती उर्मिला खड्का र सहयोगी अमिता लामामाथि पनि मुद्दा दायर गरेको थियो । न्यायाधीश बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासमा खड्काको बहस भइरहेको छ ।
काठमाडौं : भष्टचार मुद्दा चलाइएका नेपाल आयल निगमका तत्कालीन निर्देशक गोपालबहादुर खड्का मङ्गलबार विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस २३ मा खड्काले आयल नियममा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।
अख्तियारले खड्कासँगै उनकी श्रीमती उर्मिला खड्का र सहयोगी अमिता लामामाथि पनि मुद्दा दायर गरेको थियो । न्यायाधीश बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासमा खड्काको बहस भइरहेको छ ।
पदमा रहेर खड्काले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।