पोखराको लेकसाइडमा निर्माणाधीन घरभित्र पाल्पाका १४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । कास्कीको पोखरामा एक बालकको घाँटी रेटेर हत्या गरिएको छ । पोखराको लेकसाइडमा निर्माणाधीन घरभित्र पाल्पाका १४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
सोमबार राति सिञ्जालीको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले आजै पत्रकार सम्मेलनमार्फत् जानकारी दिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।