देशभरका १६ हजार युवालाई तालिम दिइने

परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालिमका लागि आह्वान गर्ने बताए । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्नेछन् ।

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ ।

आर्थिक रूपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालिम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए ।

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो । ‘बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौँ” उहाँले भन्नुभयो, तालिमपश्चात् उनीहरुको सीप परीक्षणसमेत गरिनेछ ।’

परियोजनाले प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीर्इभीटी)बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालिम दिनेछ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताए ।

परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालिमका लागि आह्वान गर्ने बताए । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्नेछन् ।

दरखास्त दिएकालाई गरिबी सूचकाङ्कका आधारमा तालीममा समावेश गराइनेछ । तालीम यही फागुन महिनादेखि सञ्चालन हुनेछ । एक जनाका लागि १८ हजार २ सयदेखि २२ हजार २ सयसम्म खर्च हुने खनालले बताए ।