साढे २ करोड धरौटीमा छुटे गोपालबहादुर खड्का

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार बहसपछि खड्कालाई धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ।

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएका छन्।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार बहसपछि खड्कालाई धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ।

खड्काले नेपाल इन्भेस्टमेन्ट बैंकले खड्कालाई ग्यारेन्टी दिएको छ । यसअघि अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अकुत सम्पत्ति आर्जन गरेको दावी गर्दे उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।