किसानका लागि बर्डफ्लु सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । एउटा कुखुरा फार्ममा बर्डफ्लु देखा परेपछि सम्पूर्ण कुखुरा नस्ट गर्नुको विकल्प नभइरहेको अवस्थामा हेस्टर बायोसाइन्सेसले पहिलो पटक यस्तो प्लान्ट लगाएको गोल्छाले जानकारी दिए ।
काठमाडौं । हेस्टर बायोसाइन्सेज प्रालिले सरकारबाट अनुमति पाए तत्काल बर्डफ्लको औषधि समेत बनाउने भएको छ । बर्डफ्लुको औषधि बनाउनका लागि आवश्यक संरचना तयार गरिसकेको कम्पनीका निर्देशक शेखर गोल्छाले जानकारी दिए ।
‘अहिले सरकारको इजाजतको पर्खाईमा बसेको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘हामीसँग सम्पूर्ण संरचना तयार छ, मात्रै सरकारको इजाजत चाहिएको हो । यदि सरकारले लाइसेन्स उपलब्ध गराउने हो भने भोेलिदेखि बर्डफ्लुको औषधि बनाउँछौं ।’
नेपालमा ठूलो सङ्ख्यामा कुखुरा पालिएको छ । बेला बेलामा महामारीकै रुपमा बर्डफ्लु फैलिँदा किसानको करोडौ रुपैयाँ नोक्सान हुने गरेको छ । तर, हेस्टरले नेपालमै पहिलो पटक बर्डफ्लुको औषधि बनाउने संरचना तयार गरेको हो । उद्योग काभ्रेमा स्थापना गरिएको छ ।
किसानका लागि बर्डफ्लु सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । एउटा कुखुरा फार्ममा बर्डफ्लु देखा परेपछि सम्पूर्ण कुखुरा नस्ट गर्नुको विकल्प नभइरहेको अवस्थामा हेस्टर बायोसाइन्सेसले पहिलो पटक यस्तो प्लान्ट लगाएको गोल्छाले जानकारी दिए ।
नेपालको भरतपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, धादिङ, काठमाडौं, ललितपुरलगायतका ठाउँमा व्यावसायिक रुपमा कुखुरा पालन हुँदै आएको छ । यही ठाउँमा कुखुरामा बर्डफ्लुको बढी सङ्क्रमण हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उद्योगले हाल पशुंपक्षीलाई चाहिने औषधि उत्पादन गर्छ भने त्यो औषधि विदेश निर्यात समेत गर्ने छ । कम्पनीले हाल १२ प्रकारका औषधि उत्पादन गरिरहेको छ । उद्योगबाट उत्पादित औषधि विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (डब्ल्यूएचओ जीएमपी) अनुसार भएको उनको भनाइ छ ।
‘उद्योगबाट उत्पादन औषधि विश्व स्थास्थ्य सङ्गठनका ल्याबमा परीक्षण भइसकेका छन्,’ उनले भने, ‘हामी निकट भविष्यमै विश्वका विभिन्न देशमा निर्यात समेत गर्छौ ।’ गोल्छाका अनुसार भूकम्पले ध्वस्त भएको उद्योग पुन थप लगानी सञ्चालनमा ल्याएको हो ।
उनका अनुसार उद्योगमा ७० करोड रुपैयाँ लगानी भएको छ भने २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । भारतको एचबीएल र गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा स्थापित यो उद्योग बायोटेक्नोलोजीमा आधारित नेपालकै पहिलो पशु खोप उद्योग भएको दाबी गरिएको छ ।
हेष्टर नेपालको समग्र प्राविधिक काम एचबीएलले रव्यवस्थापकीय काम गोल्छा समूहले गर्ने छ । समूहले नेपाललाई पशुखोपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित उद्योग स्थापना गरेको बताएको छ । त्यसका लागि औषधि व्यवस्था विभागबाट भ्याक्सिन उत्पादनको अनुज्ञापत्रसमेत पाइसकेको छ ।