प्रहरी प्रधान कार्यालयले निकाल्यो १२ एसपीको काज सरुवा, कहाँ को परे ?

जिल्ला प्रहरी कार्यालय झापामा एसपी दिनेश मैनालीलाई पठाइएको छ । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी दिनेश आचार्यलाई दिइएको छ भने त्यहाँका एसपी कुवेरबहादुर कठायतलाई पहरा गणमा ल्याइएको छ ।

नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार महानगरीय अपराध महाशाखामा एसपी केदार ढकाललाई काज सरुवा गरेको छ । एसपी ढकाल यसअघि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापामा एसपी दिनेश मैनालीलाई पठाइएको छ । कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी दिनेश आचार्यलाई दिइएको छ भने त्यहाँका एसपी कुवेरबहादुर कठायतलाई पहरा गणमा ल्याइएको छ ।

त्यस्तै सर्लाहीमा एसपी गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, बागलुङमा कृष्णहरि शर्मा पोखरेल तथा रौतहटमा भुपेन्द्र खत्रीको काज सरुवा भएको छ ।