एक प्रहरी पक्राउ

प्रहरीले मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यारत असई कपिल शाहीलाई पक्राउ गरेको हो ।

काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले एक प्रहरीलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यारत असई कपिल शाहीलाई पक्राउ गरेको हो ।

बानेश्वरमा रहेको डिलक्स रेष्टुरेन्टमा साथीभाइसँग पुगेका शाहीले मापसे गरी होटेल सञ्चालकलाई नै पेस्तोल ताकेका थिए । सञ्चालकले प्रहरीमा जानकारी दिएपछि असई शाहीलाई नियन्त्रणमा लिइएको हो ।