उद्योगले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्षमा र आर्थिक वर्ष ०७७/७८ मा पनि प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा २८.६० प्रतिशत बढेर १ अर्ब ८५ करोड १४ लाख पुग्ने अनुमान उद्योगको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा खुदनाफा १३.५८ प्रतिशत बढेर २ अर्ब १० करोड २७ लाख रुपैयाँ पुग्नेछ ।
काठमाडौं । निजी लगानीबाट सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात् १५ रुपैयाँ नगद लाभांश दिने भएको छ । उद्योगले चालू आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेर सेयरधनीलाई सोबराबर नगद लाभांश दिने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा उद्योगको नाफा २५.८६ प्रतिशत बढ्ने अनुमान छ ।
उद्योगले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्षमा र आर्थिक वर्ष ०७७/७८ मा पनि प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा २८.६० प्रतिशत बढेर १ अर्ब ८५ करोड १४ लाख पुग्ने अनुमान उद्योगको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा खुदनाफा १३.५८ प्रतिशत बढेर २ अर्ब १० करोड २७ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको थियो । गत आवमा शिवमको नाफा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
नाफामा भएको बढोत्तरीले उद्योगको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेर चालू आर्थिक वर्षमा ३२ रुपैयाँ ७२ पैसा, आगामी वर्ष ४२ रुपैयाँ र ३ वर्षमा ४७ रुपैयाँ ७९ पैसा पुग्ने कम्पनीको अनुमान छ । यस्तै प्रतिसेयर नेटवर्थ पनि बढेर क्रमश २११, २३६ र २६६ रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा कुल आम्दानी ६.६४ प्रतिशत बढेर १० अर्ब ९५ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस्तै आगामी वर्ष १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख र ३ वर्षमा बढेर २.४१ प्रतिशत बढेर १२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा उद्योगले १० अर्ब २६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
फागुन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । साधारण सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।
आईपीओ निष्कासन बन्द छिटोमा फागुन ९ गते र ढिलोमा चैत ५ गते तोकिएको छ । आईपीओ निष्कासन गरेकै दिन संस्थागत लगानीकर्ताले आईपीओ भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । न्यूनतम ५० र अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आईपीओ भर्न पाइने सिद्धार्थले जानकारी दिएको छ ।
कुल निष्कासनमध्ये सङ्गठित संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई गरी ६ लाख कित्ता वितरण गरी ४१ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको छ । उद्योगले सर्वसाधारणको प्रिमियम मूल्य ४०० बाट घटाएर ३०० र आयोजना प्रभावित स्थानीय बासिन्दालाई ३०० बाट २०० रुपैयाँमा कायम गरेको छ । २ अर्ब २ करोड ४० लाख रुपैयाँ एनआईबीएल एस क्यापिटल लिमिटेडबाट प्रत्याभूति गराइएको छ । आईपीओ निष्कासनबाट सङ्कलन हुने २ अर्ब २ करोड ४० लाख रुपैयाँ विभिन्न बैङ्कबाट लिएको कर्जा चुत्ता गर्ने उद्योगले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को स्थिर सम्पत्ति ४ अर्ब १९ करोड रुपैयाँलाई आधार मानी प्रक्षेपण गर्दा उद्योगको साधारणमा लगानी फिर्ता हुने अवधि २ वर्ष ६ महिना रहेको छ । लगानी फिर्ता हुने अवधिको हिसाव गणना गर्दा शिवमको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालिमार्फत होङ्सी शिवम् सिमेन्ट प्रालिमा लगानी गरेको सेयर रकमलाई समावेश नगरिएको उद्योगले जानकारी दिएको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ ।