अख्तियारको टोलीबाट भागेका असई सम्पर्कमा आए

औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेलीलाई मंगलबार अख्तियारको टोलीले १० हजार घुस खाएको अभियोगमा नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा रहेका साह तेली अख्तियारको टोलीलाई छलेर मंगलबार फरार भएका थिए ।

काठमाडौं । १० हजार घुस खाएको अभियोगमा अख्तियारको फन्दामा परेर भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुधबार सम्पर्कमा आएका छन् ।

औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेलीलाई मंगलबार अख्तियारको टोलीले १० हजार घुस खाएको अभियोगमा नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा रहेका साह तेली अख्तियारको टोलीलाई छलेर मंगलबार फरार भएका थिए ।

मंगलबार फरार भएका साह तेली बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयमा आएका हुन् ।

मंगलबार साहसँगै स्थानीय दिनेश साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । सोही विषयमा स्थानीयले विरोध गरेपछि हुलदंगासमेत भएको थियो । त्यही क्रममा असई फरार भएका थिए ।