कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनालाई ठगी गरेको अभियोगमा पीएन क्याम्पस पोखराका सहप्राध्यापक डा गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ

एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट उक्त रकम उठाएर काम नगरेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझालगायतका व्यक्तिको उजुरीका आधारमा प्रहरीले सिवाकोटीलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

काठमाडौं । एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट २ करोड ७६ लाख रकम उठाएर ठगी गरेको अभियोगमा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक डा. गोपाल सिवाकोटी ‘चिन्तन’ पक्राउ परेका छन् ।

एजुकेसन कन्सलटेन्सी खोल्ने भन्दै ६४ जनाबाट उक्त रकम उठाएर काम नगरेको भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझालगायतका व्यक्तिको उजुरीका आधारमा प्रहरीले सिवाकोटीलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

एसएसपी लामाका अनुसार डा. सिवाकोटी र नुवाकोटका बद्रिकुमार थापाले कन्सलटेन्सी खोल्ने भन्दै पूर्वमहान्यायाधिवक्ता पवनकुमार ओझालगायतका विभिन्न ६४ जनाबाट सो रकम उठाएका थिए ।

रकम उठाएको लामो समयसम्म कुनै काम नगरेको र रकम पनि फिर्ता गर्ने कुनै चासो नदेखाएपछि सिवाकोटी र थापालाई पक्राउ गरी ठगी मुद्दा अघि बढाइएको एसएसपी लामाले बताए ।

‘पीडितको उजुरीका आधारमा हामीले सिवाकोटी र थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं, सिवाकोटीले अर्को पनि ठगी गरेको खुलेको छ,’ एसएसपी लामाले भने, ‘त्यतातिर पनि अनुसन्धान हुँदैछ ।’