घरभित्र गाडेर राखिएको १८ किलो सुन बरामद

केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ ।

काठमाडौं : कञ्चनपुरको पुनर्वास– २ दशरथ बस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । घटको थप विवरण आउन बाँकी छ ।

घरभित्र गाडेर राखेको अवस्थामा भेटिएको सुनका १०८ टुक्रा रहेको कैलालीका प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । यसबारे थप अनुसन्धान सीआईबीले गर्ने भएको छ ।

सुनसँगै एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।