स्वदेशी लगानीमा ४९९ उद्योग दर्ता भई १ खर्ब ९८ अर्ब लगानी प्रस्ताव भएको उनले जानकारी दिए । यस्तै विदेशी लगानीमा ४१६ उद्योग स्थापना हुने तयारीमा रहेको उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षको अवधिमा मुलुकमा लगानी विस्तार भएको बताएका छन् । प्रधानमन्त्री भएको वर्षदिन पुगेका अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा स्वदेशी तथा विदेशी लगानी बढेको बताएका हुन् ।
उनले स्वदेशी तथा विदेशी लगानीमा ९१५ उद्योग दर्ता भई २ खर्ब ५० अर्ब रुपैयाँ लगानीको प्रस्ताव प्राप्त भएको जानकारी दिए । स्वदेशी लगानीमा ४९९ उद्योग दर्ता भई १ खर्ब ९८ अर्ब र विदेशी लगानीमा ४१६ उद्योग स्थापना गर्न ५१ अर्ब ८३ करोड रुपैयाँ लगानीको प्रस्ताव भएको जानकारी दिए ।
उनले यो वर्षले आर्थिक विकासको आधार खडा गरेको र अर्को वर्षदेखि परिणाम देखिन सक्ने जानकारी दिए । यस्तै विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न लागेको सो अवसरमा उनले जानकारी गराए । उनले ५ वर्षभित्र जनतामाझ गरिएका वाचा पूरा गर्ने दाबी गरे ।
एक वर्षमा औद्योगिक क्षेत्र विस्तार भएको, कम्पनी दर्ता २६.७ प्रतिशतले बढेको, बैङ्कको लगानी २० प्रतिशत बढेको, पर्यटक आगमन ३२.८ प्रतिशत बढेको तथ्याङ्क प्रस्तुत गरेका छन् । यस्तै विदेशी विनिमय सञ्चिति सहज अवस्थामा रहेको, २ हजार हेक्टरमा थप सिंचाइ भएको, धानको उत्पादन ८.९ प्रतिशत, मकैको उत्पादन ३.५ तथा तरकारी १६.५ प्रतिशतले बढेको उनले जानकारी दिए ।
उनले आर्थिक सम्बन्धित विधेयक संसदमा पेश गरेको जानकारी दिए । उद्योग दर्ता र वहिर्गमनको काम एकै स्थानबाट हुने व्यवस्था मिलाउन लागेको बताए । ३ लाख विद्युत् उपभोक्ता थपिएको, विद्युत् खपत १७७ बाट बढेर २०० किलोवाट घण्टा पुगेको, ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको निर्माण सुरु भएको सो अवसरमा उनले जानकारी दिए ।
भेरी–बबईको ८ किलोमिटर सुरुङ खन्ने काम सकिएको, ४९७ किलोमिटर सडक निर्माण भएको, २२१ किलोमिटर कालोपत्रे
८७ ओटा पक्की पुल बनेको उनले जानकरी दिए । त्रिभुवन विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । धनगढी र चन्द्रगढीसहित ६ ओटा विमानस्थलमा रात्रिकालीन जहाज सेवा सञ्चालन यही एक वर्षको अवधिमा भएको छ ।
गौतमबुद्ध विमानस्थल आगामी २०१९ जुनमा सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा काम अघि बढाइएको, पोखरा विमानस्थल तोकिएको समयभन्दा अघि अर्थात् सन् २०२० सम्ममा सञ्चालनमा ल्याउने गरी काम अघि बढेको उनले जानकारी दिए ।
निजगढ विमानस्थल निर्माणका लागि ११० बिघामध्ये ६५ बिघा जमिन अधिग्रहण गरिसकिएको छ ।
यो वर्षमात्रै ४५७ किलोमिटरका नयाँ सडक निर्माण भएका छन् । ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति भएको छ । जसमध्ये २२१ किलोमिटर सडक यसै अवधिमा कालोपत्रे भएको छ । ७५०० किलोमिटर सडक मर्मत गरिएका छन् । ८७ ओटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । ४१७ ओटा झोलुङ्गे पुलहरु बनेका छन् ।
तुइन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । यस वर्ष हरेक तीन दिनमा एउटा तुइन विस्थापित गर्ने गरी काम अघि बढेको छ ।