भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट बिहीबार राति जुवा खालमा छापा मारी २३ जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौं । चितवन प्रहरीले २३ जुवाडेलाई पक्राउ गरी ९ लाख ३३ हजार रुपैयाँ बरामद गरेको छ ।
भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट बिहीबार राति जुवा खालमा छापा मारी २३ जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
विषेश सूचनाका आधारमा प्रहरी टोलीले जुवा खालमा छापा मारी ९ लाख ३३ हजार रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
जुवा खालबाट नियन्त्रणमा लिइएका गोरखा, चितवन र तनहुँका व्यापारी रहेको प्रहरीले जनाएको छ । जुवा खालमा पक्राउ परेकालाई आवश्यक कारबाही अघि बढाइएको चितवन प्रहरी प्रमुख एसपी सुनिल राठौरले जानकारी जनाए ।