आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण

सरकारले मुलुकलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको भन्दै त्यसलाई निरन्तरता दिइने बताएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताए ।
६६औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल चेम्वर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपालको भन्सारलाई विकशित देशको भन्सार सरह पु¥याउन सरकार प्रयत्नशिल रहेको बताए ।

त्यसअवसरमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्सारको सहजीकरणमा विशेष जोड दिए । उनले आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी इकमर्सको व्यवस्था हुनुपर्ने माग राखे । भन्सार ऐनको शंशोधनलाई तदारुकताका साथ अगाडि वढाउनुपनमा जोड दिँदै उनले भने, “सवै व्यवसायीलाई एउटै नजरले हेरेर सरकारले व्यवहार गर्न हुँदैन । राम्रोलाई प्रोत्साहन गर्ने व्यवस्था हुनुपर्छ ।”
कार्यक्रममा भन्सार प्रशाशनमा उत्कृष्ट काम गरेबापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईलाई सम्मान गरिएको थियो । चेम्वरले प्रत्येक वर्ष भन्सार प्रशाशनमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा अर्थ राज्यमन्त्री उदय शमशेर राणा, राजश्व सचिव शिशिर कुमार ढंगाना, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी, नेपाल चेम्वर भन्सार विभागका सभापति निरज राईलगायत थिए ।