केही स्मार्ट योजनाका साथ, राम्रो तथा मूलभूत रणनीतिक सुझबुझका साथ आफ्नो अर्थतन्त्रलाई नियन्त्रणमा लिन आवश्यक धन–व्यवस्थापन कौशल विकास गर्न सक्षम हुनुपर्छ । यहाँ व्यक्तिगत अर्थतन्त्रका केही मौलिक सत्यता दिइएका छन्, जसमा सबैले चासो राख्नु राम्रो हुन्छ ।
व्यक्तिगत अर्थतन्त्र परिचालन गर्न सबै कार्यक्षेत्रमा अनुभव भएको एक परिपक्व व्यक्तिका लागि पनि गहन हुन सक्छ । केही स्मार्ट योजनाका साथ, राम्रो तथा मूलभूत रणनीतिक सुझबुझका साथ आफ्नो अर्थतन्त्रलाई नियन्त्रणमा लिन आवश्यक धन–व्यवस्थापन कौशल विकास गर्न सक्षम हुनुपर्छ । यहाँ व्यक्तिगत अर्थतन्त्रका केही मौलिक सत्यता दिइएका छन्, जसमा सबैले चासो राख्नु राम्रो हुन्छ ।
लक्ष्य निर्धारण गर्नुहोस्
तपाईंसँग कामका लागि निश्चित गन्तव्य छैन भने बचतका लागि प्रेरणा पाउन अलि गाह्रो हुन सक्छ । चाहे त्यो कुनै घर होस्, जसलाई तपाईंले आँखा लगाइरहनुभएको छ । अथवा तपाईंको सेवानिवृत्ति, यी लक्ष्यमाथि ध्यानपूर्वक विचार पु¥याउनुहोस् र पत्ता लगाउनुहोस्, तपाईंलाई कति बचत गर्नुपर्ने आवश्यकता हुनेछ, जसले गर्दा तपाईं त्यो लक्ष्यसम्म पुग्ने योजना तयार गर्न सक्नुहुनेछ ।
जतिसक्दो छिटो सुरु गर्नुहोस्
चक्रवृद्धि ब्याजबारे कहिल्यै सुन्नुभएको छ ? यस प्रक्रियाले तपाईंको बचत खाताको ब्याजबाट पनि आर्जन गर्न सघाउँछ । जति छिटो तपाईं अवकाश जीवनका लागि बचत गर्न सुरु गर्नुहुनेछ, उति धेरै समय तपाईंको पैसा बढ्दै जानेछ र चक्रवृद्धि ब्याजको लाभ लिन सक्नुहुनेछ । समय वास्तवमा तपाईंको लगानीका लागि एक शक्तिशाली नेतृत्व हो । त्यसैले बचत गर्न केही वर्षको ढिलाइले तपाईंको सेवानिवृत्तरुपी गुँडको फुललाई निकै सानो बनाउन सक्छ ।
कमाइको थोरै मात्र खर्च गर्नुहोस्
अहिलेको उपभोक्ता नियन्त्रित संसारमा हामीले भन्न खोजेकोभन्दा फरक किसिमले रहन आश्चर्यजनक रुपले सजिलो छ । तर एउटा अकाट्य नियम के हो भने आयआर्जनको कम्तीमा १५ प्रतिशत जोगाउने र संरक्षण गर्ने प्रयास गर्नु राम्रो हो । यदि तपाईंलाई क्रेडिट या डेबिट कार्डबाट किनमेल गर्दा बढी खर्च गरे जस्तो लाग्छ भने लत्ताकपडा तथा रासनपानी जस्ता किरानाका सामान किन्दा नगद दिने गर्नुहोस् । प्रत्येक महिना निश्चित रकम मात्र बैङ्बाट झिक्दा मितव्ययी हुन र खर्चको विकल्प खोज्न सहयोग मिल्छ ।
बजेट बनाउनुहोस्
बजट ऋण चुक्ता गर्न, खर्च नियन्त्रित गर्न तथा आफ्नो लक्ष्यमा स्थिर रहन बजेटले महङ्खवपूर्ण निर्वाह गर्छ । कुनै दिन अरुले भन्दा अलिकति बढी खर्च गर्न सजिलो हुन्छ । तर तपाईंसँग दैनिक खर्चका लागि निर्धारित बजेट छ भने कुनै पनि दिन गरिएको बढी खर्च समायोजन गर्न सक्नुहुन्छ ।
स्वचालित प्रणालीमा बचत गर्नुहोस्
महिना वा पाक्षिक रुपमा बैङ्कमा जम्मा हुने तपाईंको पारिश्रमिकबाट बचत खातामा निश्चित रकम स्वतः जाने प्रणाली अपनाउनुहोस् । यसो गर्नाले तपाईंको दैनिक खर्च गर्ने एकाउन्टमा हुने पैसा मात्र रहन्छ र त्यही पैसामा तपाईंलाई दैनिक गर्जो टार्ने बानी बस्छ ।
घर भनेर हुरुक्कै नहुनुहोस्
नयाँ घरका लागि चाहिने सामान किन्दा फजुल खर्च नगर्नुहोस् । नयाँ घर किन्दा लिएको ठूलो ऋणको किस्ताले तपाईंलाई आर्थिक रुपमा माथि उठ्न दिन्न । यसबारेमा गहिरिएर सोच्नुहोला । घर केका लागि र कत्रो भन्ने विचार नगर्दा अन्य आवश्यक वस्तुका लागि बजेट नभएर पछि आर्थिक कठिनाइ हुन सक्छ ।
आफूलाई सुरक्षित राख्नुहोस्
एउटा पूर्ण आर्थिक योजनामा तपाईंको जीवन तथा भविष्य संरक्षणको प्रावधान समेटिएको हुन्छ । जीवन बिमा तथा सम्पत्ति व्यवस्थापनले तपाईंको शेषपछि पनि परिवारको जिम्मेवारी पूरा होस् भनेर सुनिश्चित हुन महङ्खवपूर्ण हुन्छ । त्यसकारण अहिलेसम्म कुनै जीवन बिमा पोलिसी लिनुभएको छैन भने जतिसक्दो छिटो जीवन बिमा गर्नुहोस् । सम्पत्तिको सबै व्यवस्थापन भएपछि शेषपछिको बकसपत्र बनाएर परिवारलाई जिम्मा लाइदिनुहोस् । यसका लागि कुनै कानुन व्यवसायीको सहयोग लिन सकिन्छ ।
अर्थ संसारले आफैलाई नतर्साओस्
द्रव्यगुरु डेव रामसेले गरेको एक पर्यवेक्षणमा ‘व्यक्तिगत अर्थतन्त्रको ८० प्रतिशत व्यवहार हो, शिक्षा होइन’ भनी देखाएका छन् । लोकप्रिय धारणाका विपरीत तपाईंले आफ्नो पोर्टफोलियो बनाउन तथा भविष्यका लागि आर्थिक तयारी सुरू गर्न सेयर बजारको वित्तीय विशेषज्ञ हुनुपर्ने आवश्यकता हुन्न । तपाईंले यति मात्र गर्नुपर्ने हुन्छ कि एउटा यस्तो ठोस योजना बनाउनुहोस् कि भविष्यका दिनमा अर्थिक अभाव कहिल्यै नपरोस् र ती योजना काम लागिरहून् ।