नेपाल हङकङ व्यापारिक हव बनाउन सकिन्छ

नेपाल उद्योग वाणिज्य महासङ्घ र हङकङ व्यापार विकास परिषद्को संयुक्त आयोजनामा हङकङ मार्फत व्यापार प्रवद्र्धनका अवसरहरु विषयक व्यावसायिक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरु, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, दुबै देशका उद्यमी व्यवसायीहरु, हङकङस“ग व्यापार÷व्यवसायमा संलग्न उद्यमी÷व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हङकङ मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायको प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो । नेपाल–हङकङबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, हङकङमार्फत नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवं व्यापारिक सम्पर्क विस्तारमा यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र नेपालमा आएर यस प्रकारको व्यावसायिक अन्तरक्रिया आयोजना गर्न एचकेटीडीसीले देखाएको उत्साहको प्रसंशा गरे ।

कार्यक्रमबाट दुबै देशका निजी क्षेत्रबीच व्यावसायिक सम्पर्क विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङकङ महत्वपूर्ण व्यापारिक हव बन्ने आशा आफूले गरेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छाले हङकङस“गको व्यापार घाटा कम गर्न नेपालबाट हङकङमा के–कस्ता वस्तुहरुको निर्यात सम्भाव्यता छ ? त्यसको समेत पहिचान गर्न यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष गोल्छाले आपसी व्यापार विस्तार खास गरी नेपाली घरेलु तथा साना उद्योगहरुको अन्तर्राष्ट्रियकरणका लागि एचकेटीडीसीस“ग एक आधिकारिक सम्पर्क स्थापना गरेर काम गर्न महासंघका तर्फबाट प्रस्ताव समेत रारे ।

चकेटीडीसीका दक्षिण पूर्वी एसिया तथा दक्ष्ँिण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले आपसी आर्थिक व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन यो कार्यक्रम कोशेढुंगा हुने विश्वास प्रकट गर्दै आफ्नो संस्थाले नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघस“ग मिलेर निरन्तर यस प्रकारको कार्यक्रम मार्फत नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा एचकेटीडीसी दक्षिण एसियाका परामर्शदाता राजेश भगत र एचकेटीडीसी थाइल्याण्ड तथा साउथ एसियाका निर्देशक सन्नी चाउले नेपाल र हङकङ बीचको व्यावसायिक संभाव्यता, अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु, नेपाली व्यवसायीहरुलाई एचकेटीडीसीमार्फत हुने व्यवहारिक सहयोग लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।