पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १६५१ नम्बरको मैदा बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
काठमाडौं । सप्तरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान सप्तरीको कृष्णसवरणस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १६५१ नम्बरको मैदा बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परी बारा निजगढ नगरपालिका ८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक बाराका सौरभ लामा घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।