महासङ्घको २० औं साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटनमा प्रधानमन्त्री ओलीले निर्माण क्षेत्रका समस्या समधानका लागि आफू सधैं व्यवसायीसँग छलफलका लागि तयार रहेको भन्दै भेट्न आउन अनुरोध गरेका थिए । साधारण सभापछि निर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री ओलीको भनाइलाई विश्वास गर्दै पटक पटक भेट्न खोजे पनि समय नदिएको बताएका छन् ।
धुलिखेल । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंंहले प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि समय नदिएको बताएका छन् । महासङ्घका पदाधिकारीहरुले संयुक्त रुपमा पटक पटक भेट गर्न खोज्दा पनि समय नदिएको अध्यक्ष सिंहको भनाइ छ ।
निर्माण व्यवसायीहरुको समस्या अवगत गराउन धेरै पटक भेट्न खोज्दा पनि सफल नभएको उनले व्यवसायीहरुमाझ जानकारी गराएका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घअन्र्तगतको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष सिंहले आफू निर्वाचित भएको ६ महिना हुन लाग्दासमेत प्रधानमन्त्री ओलीले भेट्नका लागि समय नदिएकोमा दुख व्यक्त गरेका छन् ।
महासङ्घको २० औं साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटनमा प्रधानमन्त्री ओलीले निर्माण क्षेत्रका समस्या समधानका लागि आफू सधैं व्यवसायीसँग छलफलका लागि तयार रहेको भन्दै भेट्न आउन अनुरोध गरेका थिए । साधारण सभापछि निर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री ओलीको भनाइलाई विश्वास गर्दै पटक पटक भेट्न खोजे पनि समय नदिएको बताएका छन् ।
महासङ्घमा काङ्ग्रेस निकट अध्यक्ष विजयी भएकै कारण प्रधानमन्त्री ओलीले भेट्न समय नदिएको र प्राथमिकतामा नराखेको हुनसक्ने व्यवसायीहरुको भनाइ छ । निर्वाचनमा अध्यक्ष सिंहसँग नेकपा निकट यक्षध्वज कार्कीले प्रतिस्पर्धा गरेका थिए ।
महासङ्घका पूर्वअध्यक्ष एवम् सांसद जिपछिरिङ लामा शेर्पाले अहिले व्यवसायीका लागि प्रतिकूल अवस्था सिर्जना भएकाले सबै चनाखो हुन अनुरोध गरेका छन् । एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक आङदोर्जी लामा (एडी)ले महासङ्घका सबै गतिविधिमा आफ्नो नेतृत्वको समिति सक्रिय सहभागी रहने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पोण्डेले निर्माण व्यवसायीहरु भौतिक पूर्वाधार निर्माणका मेरुदण्ड भएको धारणा राखेका थिए ।