भेलाले सह–सहंयोजक रामजी पन्त (मुकेश), सचिव नवराज श्रेष्ठ, उपसचिव मोहन कार्की, कोषाध्यक्ष शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेतलाई चयन गरेको छ ।
धुलिखेल । नेपाल निर्माण व्यवसायी महासङ्घको एसोसिएट सदस्य समन्वय कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । काभ्रेको धुलिखेलमा सम्पन्न नवौं राष्ट्रिय भेलाबाट पदाधिकारीसहित सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएको महासङ्घले जनाएको छ ।
भेलाले सह–सहंयोजक रामजी पन्त (मुकेश), सचिव नवराज श्रेष्ठ, उपसचिव मोहन कार्की, कोषाध्यक्ष शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेतलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा खड्गबहादुर बुढाथोकी, इन्जिनियर प्रदीपकुमार खत्री, अनिल कुवँर, कृवेश श्रेष्ठ, उमेशध्वज थापा, तेण्डी शेर्पा, तुलसीराम भण्डारी, नवीनकुमार झा, गोकर्ण राउत, दिवाकर लामिछाने र केशव त्वानावासु निर्वाचित भएका छन् ।
एसोसिएट सदस्य समन्वय कार्य समितिको संयोजक भने महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा (एडी) छन् । उनि गत असोजमा सम्पन्न महासङ्घको २० औं साधारण सभा तथा ११ औं अधिवेशनमा एसोसिएट उपाध्यक्ष निर्वाचित भएका थिए ।