६० हजार घुुस सहित सव इञ्जिनियर पक्राउ 

घुस सहित पक्राउ परेका बजगाईंलाई अख्तियारको हिरासतमा राखि आवश्यक कारवाही अघि बढाइएको आयोगले जनाएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६० हजार रुपैयाँ घुससहित कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इञ्जिनियर हृदयराज बजगाईलाई पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिदै गरेका बेला सव इञ्जिनियर बजगाईंलाई आइतबार दिउँसो कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कलभर्ट निर्माण उपभोक्ता समितिबाट बिल पास गराइ दिए बापत कमिशन रकम लिदै गर्दा अख्तियारका डिएसपी प्रेम बस्नेतको टोलीले बजगाईंलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

घुस सहित पक्राउ परेका बजगाईंलाई अख्तियारको हिरासतमा राखि आवश्यक कारवाही अघि बढाइएको आयोगले जनाएको छ ।