
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार निधन भएको हो ।
काठमाडौं । गत माघ ११ गते बारामा सडक दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार निधन भएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको १ झ १६३३ नम्बरको स्कर्पियो जिप रोकिराखेको ट्र्याक्टरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । भट्टराई भने गम्भीर घाइते भएका थिए । पिकनिक खाएर कलैयाबाट निजगढ फर्कने क्रममो गाडी दुर्घटनामा परेको थियो ।