व्याजदर घटाउन बसेको बैठक निष्कर्षविहिन, मौद्रिक नीतिको समिक्षापछि आधिकारीक निर्णय आउने

वार्ताले कति व्याजदर घटाउने भन्ने विषयमा निर्णय लिन नसकेपछि वार्ता निष्कर्षविहिन भएको हो ।

काठमाडौ । निरन्तर आन्दोलतरत व्यवसायी र सरकारबीच भएको वार्ता निष्कर्षविहिन भएको छ । वार्ताले कति व्याजदर घटाउने भन्ने विषयमा निर्णय लिन नसकेपछि वार्ता निष्कर्षविहिन भएको हो ।

बैंकहरुले व्याजदर घटाउने विषयमा अर्थ मन्त्री डा। युवराज खतिवडा सँग समय मागेपछि सोमबार व्याज घटाउने विषय अन्तिम हुन नसकेको हो ।
वैठकमा विभिन्न ठेक्काहरुको बाकी रकमहरु भुक्तानी गर्ने,पुर्नकर्जाको व्यवस्था गर्ने, उत्पादनमुलक उद्योगहरुलाई व्याजदर कम गर्ने विषयमा अर्थमन्त्री खतिवडा सकारात्मक भएका छन् ।

अर्थमन्त्रीले सोहि अनुसार राष्ट्रबैंकलाई निर्देशन दिएपछि गर्भनर डा। चिरन्जीवि नेपालले मौद्रिक नीतिको समिक्षा भइरहेकोले १ घण्टा भित्र आधिकारीक निर्णय सार्वजनिक गर्ने बताएका छन् । उनले उत्पादन मुलक उद्योगका लागि केहि मात्रामा व्याजदर घटाउन लाग्ने बताए ।

बैंकहरुले लिने चर्को ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालदेखि अर्थमन्त्री डा। युवराज खतिवडाको प्रयास असफल भएपछि नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओली समस्या लिएर पुगेका थिए । महासङ्घले १५ दिने अल्टिमेटम दिएर ब्याजदर घटाउन बैंकहरुलाई दबाब दिँदा पनि सुधार नभएपछि उनीहरु प्रधानमन्त्री ओलीसम्म पुगेका थिए ।

७ प्रतिशत ब्याजदर तय गरेर ऋण दिएका बैंकहरुले १४ प्रतिशतसम्म पुर्याएको भन्दै उद्योगी व्यवसायी आक्रोशित भएका छन । मोरङ, रुपन्देही र सुर्खेतलगायतका आन्दोलित व्यवसायीलाई महासङ्घले साथ दिएको छ । प्रधानमन्त्री ओली सँग सनिवार भएको भेटमा व्यवसायीसंग बैंकहरुले लिदै आएको चर्को ब्याजदर घटाउनका लागि प्रयास थाल्न निर्देशन दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसंग शनिबार भएको भेटमा प्रधानमन्त्रीले उत्पादनमुलक उद्योगलाई दिने कर्जाको ब्याज सस्तो हुनुपर्ने बताउदै यसलाई घटाउनका लागि पहल थाल््न अर्थमन्त्री डा। युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीवि नेपाललाई निर्देशन दिएका थिए ।