नीरजले मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा भनिने दुतियाको हत्या गरेका हुन् । गत बिहीवार प्रहरी बालिकाको शव घरनजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला पारेको थियो।
काठमाडौं : ११ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषा वटेश्वर वडा नम्वर ४ घर भएका २२ वर्षीय निरज भन्ने जर्गा मगरलाईलाई पक्राउ गरेको हो।
नीरजले मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा भनिने दुतियाको हत्या गरेका हुन् । गत बिहीवार प्रहरी बालिकाको शव घरनजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला पारेको थियो।
नीरज बुधवार मामाघर मगर टोलमा पुगेका थिए। रातिको समयमा विवाह घरमा नाचगान गरेपछि नशाको शुरुमा बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। निरजले बालिकालाई फकाउन नजिकैको पसलबाट चाउचाउ र फुर्टी किनेर लगेको खुलेको छ। चाउचाउको लोभ देखाएर बलत्कापछि हत्या गरेको खुलेको हो। रासस