अख्तियारका पूर्वआयुक्त पाठकमाथि छानबिन गर्न समिति गठन

पूर्वआयुक्त पाठकको विषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । घुस प्रकरणबारे अनुसन्धान गर्न बनेको समितिले आजैदेखि काम थाल्ने पनि उनले जानकारी दिए ।

काठमाडौं : घुस प्रकरणपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

पूर्वआयुक्त पाठकको विषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । घुस प्रकरणबारे अनुसन्धान गर्न बनेको समितिले आजैदेखि काम थाल्ने पनि उनले जानकारी दिए ।

पाठकका विषयमा महान्यायाधिवक्ता कार्यालयले सोमबार अख्तियारले छानबिन गर्न भन्दै राय दिएपछि अनुसन्धान समिति बनाएर अनुसन्धान अघि बढाइएको हो । भक्तपुरको चाँगुस्थित इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।