११ वर्षीया बालिका बलात्कारीको बयान— पोल खुल्ने डरले हत्या गरें, हातको छाप मेटाउन जलाएँ

मगर केही समयअघि युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा ढल्केवरमा पनि पक्राउ परेका थिए । त्यति बेला मगर ३ महिना जेल बसेर छुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगर लागुऔषध प्रयोगकर्तासमेत हुन् ।

काठमाडौं । माघ १ गते घनुषाको मिथिला नगरपालिकाकी ११ वर्षीया बालिका दुतिया रसाइलीको बलात्कारपछि हत्या गर्ने नीरज जर्गा मगरले चाउचाउ र फ्रुटी दिएर बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरी बयानमा स्विकारेका छन् ।

माघ १ गते बलात्कारपछि हत्या गरिएकी बालीकाको शव आधा जलेको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले सोमबार मगरलाई पक्राउ गरेको हो । मगरले प्रहरी बयानमा भनेका छन्, ‘बलात्कारपछि पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरी जलाएको हुँ । आफन्तको बिहे पार्टीमा गएको थिएँ, पार्टीमा सबै जना रमाइरहेका थिए, बीचमा बत्ती गयो, सबैजना आफ्नो बाटो लागे, त्यही बेला दुतिया भेटें, नजिकैको पसलमा गएर चाउचाउ र फ्रुटी किनिदिएँ, नजिकै बारीमा लगेर बलात्कार गरें, बालिकाले घरमा भनिदेलिन् भन्ने भयो, त्यसैले हत्या गरें, कसैलाई थाहा नपाऊन् भनेर जलाएर भागेको हुँ ।’

मगर केही समयअघि युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा ढल्केवरमा पनि पक्राउ परेका थिए । त्यति बेला मगर ३ महिना जेल बसेर छुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मगर लागुऔषध प्रयोगकर्तासमेत हुन् ।

सोमबार पक्राउ परेका मगरलाई धनुषा प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ ।