उद्योगको सङ्ख्यामा वृद्धि, ६ महिनामा  २६६ नयाँ उद्याेग

गत आर्थिक वर्षको ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महीनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए ।