सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालकले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सम्पर्कमा आएका थिए । त्यसपछि ट्राफिक प्रहरीले धनीलाई बोलाएर सामान फिर्ता गरेको हो ।
काठमाडौं : एक जना ट्याक्सी चालकले यात्रुले ट्याक्सीमा छुटाएको ३ लाख ५० हजार रुपैयाँबराबरको सुनका गहना र नगद रुपैयाँ फिर्ता गरेका छन् ।
बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको सामान चालक सिमन राईले काठमाडौं थापागाउँ बस्दै आएकी गुल्मी बाझकटेरी ३ की वसन्ता भुसालको करिब ३ लाख ५० हजार रुपैयाँबराबरको सुनका गहना धनमाल प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाएका हुन् ।
बुधबार बिहान काठमाडौं अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मङ्गलसूत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान गरी उक्त रूपैयाँबराबरको धनमाल ट्याक्सीमा छुटेको थियो ।
सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालकले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सम्पर्कमा आएका थिए । त्यसपछि ट्राफिक प्रहरीले धनीलाई बोलाएर सामान फिर्ता गरेको हो ।