पछिल्लो समयमा अपराध अनुसन्धानमा प्रहरीको कुकुरको काम प्रभावकारी रहेको भन्दै प्रहरी प्रधान कार्यालयले कुकुरको अनुसन्धानलाई प्रथामिकतामा दिन थालेको छ ।
काठमाडौं । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले थप चार वटा कुकुर ल्याउने भएको छ । पछिल्लो समयमा अपराध अनुसन्धानमा प्रहरीको कुकुरको काम प्रभावकारी रहेको भन्दै प्रहरी प्रधान कार्यालयले कुकुरको अनुसन्धानलाई प्रथामिकतामा दिन थालेको छ ।
त्यसका लागी प्रहरीले आवश्यक ४ ओटा उन्नत जातका नयाँ कुकुर ल्याएर तालिम दिनेछ । प्रहरीले बेल्जियम सेफर्ड जातको कुकुर ल्याउन लागेको छ । यो प्रजातिको कुकुरले हातहतियार तथा विस्फोटन पदार्थको अनुसन्धान गर्छ । हाल नेपाल प्रहरीसँग ७९ वटा तालिम प्राप्त कुकुर छन् ।
प्रहरी तथ्याकं अनुसार केन्द्रीय कुकुर तालिम केन्द्रमा ४१ वटा कुकुर छन् । त्यसैगरी त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन् । त्यसैगरी प्रत्येक प्रदेश कार्यालयमा कुकुर छन् । प्रहरीसँग भएका कुकुर मध्ये २८ वटा जर्मन सेफर्ड छन् ।