प्रहरीले उनीहरुका साथबाट तयारी अवस्थामा रहेका १९ हजारको नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका डएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
काठमाडौ । प्रहरीले पोखराबाट नेपाली नक्कली रुपैया छाप्दै बजारमा पठाउने २ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवापुर हेटौंडा ९ का वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षिय सरस्वती बलामी रहेका छन् ।
प्रहरीले उनीहरुका साथबाट तयारी अवस्थामा रहेका १९ हजारको नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका डएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् । केही समय अघि मकवानपुरबाट पोखरा गएर नक्कली नोटको कारोबार गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी गुरुङले बताए ।
उनीहरुले नक्कली नोट लिएर बजारमा जाने र रिचार्ज कार्ड लगाएत विभिन्न सामाग्रीहरु खरिद गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनालाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।