आईजीपी खनाल द्धारा बढुवा भएका १३ एसएसपी र २६ एसपीलाई दज्यानी चिन्ह प्रदान

बुधबार प्रहरी प्रधान कायालर्यमा प्रहरी महानिरिक्षक खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जनालाई दज्र्यानी चिन्ह लगाएका हुन् ।

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अघिल्लो साता बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी र प्रहरी उपरीक्षक, एसपी पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाईदिएका छन् ।

बुधबार प्रहरी प्रधान कायालर्यमा प्रहरी महानिरिक्षक खनालले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जनालाई दज्र्यानी चिन्ह लगाएका हुन् ।

दज्र्यानी चिन्ह लगाउदै महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम निर्देशन दिए ।

राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने महानिरिक्षक खनालले उल्लेख गरे ।

प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने भन्दै खनालले भने ‘उत्कृष्टतामा पनि सर्वाेत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस । ’