
काठमाडौं । यौन दुर्व्यवहार लागेका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साह निलम्बनमा परेका छन्।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले शिक्षाशास्त्र संकायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो।
बुधबार बसेको परिषदको आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए।
उप्रेतीका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो।