महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई ना.६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक वाग्लेले उक्त रकम दिन खोजेका थिए ।
काठमाडौं । काठमाडौं महानगरपालिका -३२ कोटेश्वरमा प्रहरीलाई नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई ना.६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक वाग्लेले उक्त रकम दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।