no-image

मन्त्री परिषदको बैंठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् ।

काठमाडौ । समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । मन्त्री परिषदको बैंठकले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएका हुन् ।

उनिहरुले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिकसहितका अनियमिताताबारे थप अनुसन्धान गरी कानुनी कारवाही गर्न त्यससम्बन्धी प्रतिवेदनको प्रलिलिपी अख्तियारमा पठाउने निर्णय पनि सरकारले गरेको मन्त्री बाँस्कोटाको भनाइ रहेको छ ।