उनीहरूलाइ मकवानपुरकाे कैलाश गाविस नं.१ डाडाँखर्कस्थित मेवा भन्ने चन्द्रबहादुर घलानको घरमा पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
काठमाडाैं । मकवानपुर कैलाश गाविस वडा नं.१ बस्ने वर्ष ४३ को मेवा भन्ने चन्द्रबहादुर घलान तथा धादिङ, गजुरी गाविस वडा नं.८ किरान्चोक तीनघरे बस्ने वर्ष ३६ को पशुपति भन्ने जीवन तामाङ्ग लागू औषध चरेश २७३ किलो र पाँच वटा बोरामा १९० किलो चरेश बनाउने गाँजाकाे धुलोसहित पक्राउ परेका छन् । उनीहरूलाइ मकवानपुरकाे कैलाश गाविस नं.१ डाडाँखर्कस्थित मेवा भन्ने चन्द्रबहादुर घलानको घरमा पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रदेश ३का प्रहरी कार्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा प्रहरीनिरीक्षक पवनकुमार झासमेतकाे प्रहरी टोलीले फागुन ९ गते बिहान ४ बजे उनीहरूलाइ मकवानपुरकाे कैलाश गाविस नं.१ डाडाँखर्कस्थित मेवा भन्ने चन्द्रबहादुर घलानको घर तथा घरसंगै रहेको गोठ खानतलासी गर्दा निजको घरबाट तयारी लागू औषध चरेश २६७ पोकामा २७३ किलो र गोठबाट ५ वटा सेतो बोरामा चरेश बनाउन तयारी लागू औषध गाँजाको धुलो १९० किलो बरामद गरी पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
यस विषयमा थप जानकारी तथा आवश्यक अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।