लन्डनस्थित नेपाली दूतावासले गरेको ‘नेपाल विकास सम्मेलन’मा बोल्दै अर्थमन्त्री खतिवडाले सम्मेलनमा बेलायतका लगानीकर्तालाई उत्प्रेरित र आकर्षित गर्न आग्रह गरेका हुन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनमा लगानीकर्तालाई प्रेरित गर्न सहयोग गर्न आग्रह गरेका छन् । लन्डनस्थित नेपाली दूतावासले गरेको ‘नेपाल विकास सम्मेलन’मा बोल्दै अर्थमन्त्री खतिवडाले सम्मेलनमा बेलायतका लगानीकर्तालाई उत्प्रेरित र आकर्षित गर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनका लागि बेलायतका लगानीकर्तालाई प्रेरित गर्न डायस्पोराको सहयोग र सक्रियताको अपेक्षामा आफू रहेको बताए । ‘म नेपालमा हुने लगानी सम्मेलनमा बेलायतका लगानीकर्तालाई उत्प्रेरित गर्न आग्रह गर्दछु’ उनले भने, ‘त्यस्का लागि डायस्पोरा र अन्य क्षेत्रको सहयोगको अपेक्षामा छु ।’
आउँदो महिना नेपालमा हुन लागेको लगानी सम्मेलनका विषयमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गर्ने वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।