मोरङ उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठन तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सङ्ठगित भएर बैङ्कको चर्काे ब्याजदरविरुद्ध उत्रिएपछि बैङ्कका अध्यक्ष तथा सञ्चालक पनि सङ्गठित भएर आफ्नो पक्षमा लबिङ गर्ने भएका हुन् ।
काठमाडौं । राष्ट्र बैङ्कको निर्णयपछि बैङ्कहरु धरासायी बन्ने निष्कर्ष निकाल्दै बैङ्कका अध्यक्ष तथा सञ्चालकहरु पनि सङ्गठित भएर लाग्ने भएका छन् ।
मोरङ उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठन तथा नेपाल उद्योग वाणिज्य महासङ्घ सङ्ठगित भएर बैङ्कको चर्काे ब्याजदरविरुद्ध उत्रिएपछि बैङ्कका अध्यक्ष तथा सञ्चालक पनि सङ्गठित भएर आफ्नो पक्षमा लबिङ गर्ने भएका हुन् ।
‘राष्ट्र बैङ्कको निर्णयले बैङ्कको भविष्य जोखिममा पर्यो,’ एक बैङ्कका अध्यक्षले क्यापिटल नेपालसँग भने, ‘बैङ्कको रक्षार्थ लबिङ गर्न बाध्य भयौं ।’
सरकारले महासङ्घ, मोरङ उद्योग सङ्गठन र मोरङ व्यापार सङ्गठनको दबाबमा बैङ्कलाई अहित हुने निर्णय गरेपछि त्यसविरुद्ध अध्यक्ष तथा सञ्चालकले लबिङ गर्ने भएका हुन् ।
अहिलेसम्म बैङ्किङ क्षेत्रको रुपमा ‘एडभोकेसी’ गर्ने एक मात्र संस्था नेपाल बैङ्कर्स एसोसिएसन छ । बैङ्कर एसोसिएसनले आफ्नो तर्फबाट राष्ट्र बैङ्कमा लबिङ गर्छ । त्यसैगरी, अध्यक्ष तथा सञ्चालकहरु पनि सङ्गठित भएर अघि बढ्ने छन् ।
सरकारले एकलौटी निर्णय गरेको र उक्त निर्णयले बैङ्किङ क्षेत्र नराम्ररी प्रभावित भएको निष्कर्ष अध्यक्षहरुले निकालेका छन् । ‘हामी चुप लागेर बसेको परिणाम सरकारले आफूखुसी निर्णय गरेको हो,’ अर्का एक बैङ्कका अध्यक्षले भने, ‘अब हामी पनि आफ्नो तरिकाबाट लबिङ गर्छाैं ।’
ती अध्यक्षका अनुसार राष्ट्र बैङ्कले बैङ्करलाई नसोधी यस्तो निर्णय गर्नु गलत भएको र त्यसविरुद्ध लाग्ने अवस्था आएको हो । सरकारले निजी क्षेत्रलाई एक आपसमा जुधाएको र त्यसले ठूलो असर पर्ने बैङ्करहरुको भनाइ छ ।
सरकारले जुधायो निजी क्षेत्रलाई
बैङ्क र उद्योगीबीच पारस्पारिक सम्बन्ध छ । बैङ्कबिना उद्योगी बाँच्न सक्दैन र उद्योगबिना बैङ्क चल्न सक्दैन । एक अर्काको आडमा दुवै संस्था चल्ने हो । तर, केही दिनदेखि उद्योगी र बैङ्कबीच द्वन्द्व चलेको छ । उद्योगीले बैङ्कले चर्को ब्याज लिएर उद्योग धरासायी बनाइरहेका छन् भन्ने आरोप लगाइरहेका छन् । बैङ्करले ब्याजदर बजारले फिक्स गर्ने बताएका छन् । माग र आपूर्तिले बजारलाई गाइड गर्ने बैङ्करहरु बताउँछन् ।