चौकीदारलाई सरुवा गरिदिने भन्दै धम्की दिएर असुलेको ७५ हजार रुपैयाँसहित जेलर अधिकारीलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
काठमाडौं । घुस नदिए सरुवा गरिदिने भन्दै चौकीदारबाट रकम असुल्ने मकवानपुर भीमफेदी कारागारका जेलर मदन अधिकारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
चौकीदारलाई सरुवा गरिदिने भन्दै धम्की दिएर असुलेको ७५ हजार रुपैयाँसहित जेलर अधिकारीलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताए ।
जेलर अधिकारीले लामो समयदेखि जेलमा रहेका कर्मचारी तथा कैदीबाट विभिन्न बहानामा रकम असुल्ने गरेको समेत खुलेको अख्तियारले जनाएको छ । घुस रकमसहित पक्राउ परेका जेलरका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता दङ्गालले बताए ।