सामान ओसार्ने लिफ्टको डोरी चुडिँदा दुई जनाको मृत्यु

वीर अस्पतालको हाताभित्र नयाँ बन्दै गरेको भवनमा मजदुरी गर्ने सप्तरीका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । काठमाडौंको वीर अस्पतालको निर्माणाधिन भवनमा सामान ओसार्ने लिफ्टको डोरी चुडिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

वीर अस्पतालको हाताभित्र नयाँ बन्दै गरेको भवनमा मजदुरी गर्ने सप्तरीका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीनकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान ओसार्न प्रयोग हुने लिफ्टको डोरी चुँडिएर खस्दा उनीहरुको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार लिफ्ट चुडिँदा अर्का कामदार सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउसो घटना भएको र शुक्रबार उपचारकै क्रममा २ जनाको मृत्यु भएको प्रवक्ता बोगटीले बताए । घाइते चौधरीको वीरमै उपचार भइरहेको छ ।