पक्राउ पर्नेमा सिन्धुली डकाहा सिरतोली गाउपालिका ९ का धर्मसिंह घिसिङ, लालबहादुर घिसिङ्ग र नवलपरासी गैंडाकोट नगरपालिका ३ का उपबहादुर गाहा मगर छन् ।
काठमाडौं । कागजलाई विदेशी मुद्रा भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार काठमाडौंको गोङबुबाट सस्तो मूल्यमा विदेशी मुद्रा साटिदिने बहानामा ठगी गर्ने ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली डकाहा सिरतोली गाउपालिका ९ का धर्मसिंह घिसिङ, लालबहादुर घिसिङ्ग र नवलपरासी गैंडाकोट नगरपालिका ३ का उपबहादुर गाहा मगर छन् ।
उनीहरुले विदेशबाट आएकाहरुलाई सस्तोमा अमेरिकी डलर, यूएई दिराम, कतारी रियाललगायत मुद्रा साटिदिने भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
बाहिर एउटा सक्कली नोट राखी भित्रपट्टि कागज मिलाएर बिटा देखाएर एकान्तमा लगी लुटेर उनीहरु भाग्ने गरेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।
केही समयअघि प्रहरीले यसैगरी लुटपाट गर्ने केही व्यक्तिलाई सामाखुसी र गोङबु क्षेत्रबाट पक्राउ गरेको थियो ।