काठमाडौंको कपनबाट ४ चोर पक्राउ

महानगरीय प्रहरी प्रभाग कपनको प्रहरी टोलीले कपनका विभिन्न स्थानमा चोरी गरी फरार रहेका काभ्रेका जोन गुरूङ, रन्जित निगाल, विवेक निगाल र नवलपरासीका हरि चौधरीलाई पक्राउ गरेको हो ।

काठमाडौं । चोरीमा संलग्न ४ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनको प्रहरी टोलीले कपनका विभिन्न स्थानमा चोरी गरी फरार रहेका काभ्रेका जोन गुरूङ, रन्जित निगाल, विवेक निगाल र नवलपरासीका हरि चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट विभिन्न ब्रान्डका मोबाइल २८ थान, कार्ड रिडर ५ थान तथा डाटा केबल ५ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको समूह कपनका विभिन्न स्थानमा भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।