प्रहरी प्रधान कार्यालयको सिफारिसमा आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट नौ जनाको सरुवा र भरखरै बढुवा भएका १४ जनाको पदस्थापन गरिएको हो ।
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २३ जना एसएसपीको सरुवा तथा पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट नौ जनाको सरुवा र भरखरै बढुवा भएका १४ जनाको पदस्थापन गरिएको हो ।
गृहमन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई लागुऔषध ब्युरोमा सरुवा गरेको छ । यसअघि नेपाली दूतावास कन्सुलरमा नयाँ दिल्ली खटाइए पनि ब्युरोमा काजमा थिए । त्यस्तै राजेशलाल कर्णलाई अपराध अनुसन्धान विद्यालयबाट सङ्घीय एकाई कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ ।
त्यसैगरी विमानस्थल सुरक्षामा रहेका एसएसपी देवहादुर बोगटीलाई सङ्घीय एकाई कार्यालय सेतीमा पठाइएको छ । त्यसैगरी प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा रहेका एसएसपी विदेश लोहनीलाई वैदेशिक रोजगार महाशाखामा ल्याइएको छ ।
अपराध तथा सामुदायिक सुरक्षा महाशाखामा कार्यरत प्रदीपकुमार श्रेष्ठलाई अपराध अनुसन्धान विद्यालयमा खटाइएको छ । राजेन्द्रप्रसाद चौधरीलाई सङ्घीय एकाई गण्डकीबाट ३ नम्बर प्रदेश कार्यालय हेटौंडा पठाइएको छ भने महानगरीय प्रहरी आयुक्त कार्यालयकी पूजा सिंहलाई सङ्घीय एकाइ कार्यालय गण्डकी पठाइएको छ । त्यसैगरी हरिराज वाग्लेलाई सङ्घीय एकाइ कार्यालय सेतीबाट ४ नम्बर प्रदेश कार्यालयमा पठाइएको छ ।
भरखरै एसपीबाट एसएसपीमा बढुवा भएका १४ जना एसएसपीको पदस्थापन गरिएको छ ।
एसएसपी सन्दिप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरी, रामदत्त जोशीलाई केन्द्रयी अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ ।