घुस्याहा कर्मचारी पक्राउ गर्न अख्तियारले गठन गर्यो ‘र्यापिड रेस्पोन्स टास्क फोर्स’

आइतबार राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख नविन घिमिरेले मालपोत, नापी, भन्सार, गाँउपालिका, नगरपालिका, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था विभाग र स्वयम् अख्तियारकै घुस खाने कर्मचारीलाई पक्राउ गर्न ‘टास्क फोर्स’ गठन गरिएको जानकारी दिए ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस्याहा कर्मचारी पक्राउ गर्न र आयोगकै कर्मचारीको निगरानी गर्न र्यापिड रेस्पोन्स टास्क फोर्स गठन गरेको छ ।

आइतबार राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख नविन घिमिरेले मालपोत, नापी, भन्सार, गाँउपालिका, नगरपालिका, वैदेशिक रोजगार विभाग, यातायात व्यवस्था विभाग र स्वयम् अख्तियारकै घुस खाने कर्मचारीलाई पक्राउ गर्न ‘टास्क फोर्स’ गठन गरिएको जानकारी दिए ।

बैठकमा बोल्दै अख्तियार प्रमुख घिमिरेले भने, ‘स्टिङ अपरेसनका रुपमा ‘रेड ह्यान्ड’ समातेर कारवाही गरिरहेका छौँ, एक दिन बिराएर अहिले स्टिङ अपरेसन भइरहेको छ, त्यो मात्र अपरेसन पर्याप्त छैन । त्यसैले हामीले अर्को कदम चालेका हौै, जसमा अख्तियारकै कर्मचारीको पनि निगरानी हुनेछ ।’

बैठकमा घिमिरेले नागरिक निगरानी समूह पनि निर्माण गर्न लागेको जानकारी दिए । नागरिक समाज, सञ्चार क्षेत्र, राज्यका अन्य संयन्त्र र आयोगको संयन्त्रबीच एकीकृत रुपमा संयोजन भए मात्रै भ्रष्टाचार नियन्त्रण हुने भन्दै घिमिरेले त्यसका लागि आवश्यक कदम चालिने बताए ।