मकवानपुरको राक्सिराङबाट १३७ किलो गाँजा बरामद, मालिक फरार

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिका १ बाट उक्त गाँजा बरामद गरेको हो ।

काठमाडौं । प्रहरीले मकवानपुरबाट १ सय ३७ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिका १ बाट उक्त गाँजा बरामद गरेको हो ।

राक्सिराङ गाउँपालिका १ ढुंखेलस्थित कुमार स्याङ्तानको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले सो गाँजा बरामद गरेको हो ।

प्रहरी आएको देखेपछि स्याङ्तान भने फरार भएको प्रहरीले जनाएको छ । फरार स्याङ्तानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।