नाबालक छोरा लिएर बिहानै निस्केका भुजु दिउँसोसम्म घर नआएपछि घरपरिवारले खोजी थाल्यो । खोज्दै जाँदा भुजुले चलाएको गाडी बाटोमा देखापर्यो, परिवारले त्यो गाडी पिछा गरेपछि गाडीमा भएका केही युवा गाडी बाटोमै छाडेर भागे ।
काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–८ आदर्श चोकका २६ वर्षीय निकेश भुजु गएको शुक्रबार झिसमिसे उज्यालोमा घरबाट छोराको कपाल काट्न भन्दै घरबाट निस्किए ।
साथमा पाँचबर्से छोरा राखेर आफ्नै गाडीमा घरबाट निस्केका भुजु दिउँसो आफ्नै गाडीमा मृत भेटिए । छोराको कपाल काट्ने र त्यसपछि साथी भेटेर आउने भन्दै घरका परिवारलाई बताएका भुजु फर्केर आएनन् ।
नाबालक छोरा लिएर बिहानै निस्केका भुजु दिउँसोसम्म घर नआएपछि घरपरिवारले खोजी थाल्यो । खोज्दै जाँदा भुजुले चलाएको गाडी बाटोमा देखापर्यो, परिवारले त्यो गाडी पिछा गरेपछि गाडीमा भएका केही युवा गाडी बाटोमै छाडेर भागे ।
गाडीमा हेर्दा भुजु मृत अवस्थामा थिए । उनका छोरा पनि गाडीमै थिए । परिवारले प्रहरीलाई खबर गरे, प्रहरीले भुजुको शव अस्पताल लैजाँदा केही घण्टाअघि नै मृत्यु भएको चिकित्सकले बताए ।
घटनालाई गम्भीरतासाथ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । परिवारको बयानका आधारमा प्रहरीले गाडी छाडेर भाग्ने युवाहरुको पहिचान गरी खोजी थालेको समेत बताएको छ ।