साना किसानको दोस्रो सम्मेलन फागुन १६ र १७ गते

‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ मूल नारा रहेको सम्मेलनमा देशभरिका करिब एक हजार साना किसान प्रतिनिधि एवम् विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी करिब १२ सय जना सहभागी हुने बताइएको छ ।

काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाले फागुन १६ र १७ गते काठमाडौंमा दोस्रो साना किसान सम्मेलनको आयोजना गर्दैछ ।

‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ मूल नारा रहेको सम्मेलनमा देशभरिका करिब एक हजार साना किसान प्रतिनिधि एवम् विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी करिब १२ सय जना सहभागी हुने बताइएको छ ।

साना किसानहरुको उद्यमशीलतामा विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने संस्थाको अभियान भएको सम्मेलनका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।

संस्थाले प्रत्येक चार वर्षमा सम्मेलन गर्दै आएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।