बिहान साइकलमा भारतको रक्सौलतर्फ गइरहेका बेला चेकजाँच गर्दा निज मियाँले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरीक्षक नकुलराज गौतमले बताए ।
वीरगंज । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गइरहेका बेला चेकजाँच गर्दा निज मियाँले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरीक्षक नकुलराज गौतमले बताए ।
चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । इनर्वा प्रहरीले एक महिना यता ३३ किलो चरेशसहित ९ भारतीयलाई पक्राउ गरेको छ । रासस