‘पठाओ’लाई रोक्न मिल्दैन ,सर्वोच्च

पछिल्लो समय मोबाइल एपमार्फत मोटरसाइलमा लिफ्ट दिएर सेवाग्राहीलाई ओसार्ने काम भएको भन्दै सेवा रोक्न सर्वोच्चमा अन्तरिम आदेशका लागि रिट दर्ता गराएका थिए ।

काठमाडौं । सर्वोच्च अदालतले लिफ्ट सेवा दिने सेवा प्रदायक ‘पठाओ’लाई रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ । पछिल्लो समय मोबाइल एपमार्फत मोटरसाइलमा लिफ्ट दिएर सेवाग्राहीलाई ओसार्ने काम भएको भन्दै सेवा रोक्न सर्वोच्चमा अन्तरिम आदेशका लागि रिट दर्ता गराएका थिए ।

सोही रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सुनुवाइ गर्दै सो सेवा रोक्न अन्तरिम आदेश जारी नहुने जनाएको हो ।

पठाओ विरुद्ध कर नतिरेको, कानुनको उल्लङ्घन गरेको र विदेशी लगानीमा दर्ता भएको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठसमेतले सर्वोच्च अदालतमा माघको पहिलो हप्तामा रिट निवेदन दर्ता गराएका थिए ।

न्यायाधीश चालिसेकै इजलासले गत माघ २९ मा मङ्गलबारको मिति तय गर्दै दुवै पक्षलाई छलफलका लागि सुनुवाइमा झिकाएको थियो ।