२०१९ को धनीमा मुकेश अम्बानी आठौं स्थानमा

यो वर्ष विश्व धनाढ्यहरुका लागि निकै अप्ठ्यारो वर्ष रह्यो । कमजोर स्टक बजारको प्रदर्शनी र डलरको राम्रो अवस्थाका कारण विश्वभरका धनाढ्यहरुको समग्र सम्पक्ति ९६ खर्ब डलरको सम्पत्तिमा ९ प्रतिशत अर्थात् ९ खर्ब ५० अर्ब घटेको छ ।

एजेन्सी । चीनमा आधारित हुरुनले निकालेको २०१९ को विश्व वर्षधनीको सूचीमा भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानीले शीर्ष १० मा पहिलो पटक स्थान बनाउन सफल भएका छन् । मकेशको सम्पत्तिमा २० प्रतिशत अर्थात् ९ अर्ब अमेरिकी डलर वृद्धि भएपछि रिलायन्स कम्पनीका मालिक अम्बानीले शीर्ष आठमा स्थान पक्का गरेका छन् ।

विश्वको शीर्ष १० धनीको सूचीमा प्रवेश पाउने उनी एक मात्र एसियाली धनाढ्य हुन् । भारतीय रुपैयाँ डलरसंग लगातार कमजोर र सेयर बजार पनि घटेका कारण भारतका एक तिहाइ धनाढ्यहरुको अवस्था भने ओरालो लागेको रिपोर्टले देखाएको भारतको फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ ।

यो वर्ष विश्व धनाढ्यहरुका लागि निकै अप्ठ्यारो वर्ष रह्यो । कमजोर सेयर बजार र डलरको राम्रो अवस्थाका कारण विश्वभरका धनाढ्यहरुको समग्र सम्पत्ति ९६ खर्ब डलरको सम्पत्तिमा ९ प्रतिशत अर्थात् ९ खर्ब ५० अर्ब घटेको छ ।

‘लङ प्यालेस हुरुन ग्लोबल रिच लिस्ट २०१९’ ले १ अर्ब डलरसम्म सम्पत्ति भएका विश्वभरका धनाढ्य व्यक्तिहरुको सूची निकालेको थियो । रिपोर्टका अनुसार २०१८ को वर्षमा यो सूचीमा २ हजार ६९४ जना थिए भने यो वर्ष त्यसको संख्या २२४ ले घटेर २ हजार ४७० पुगेको रिपोर्टमा उल्लेख छ ।

सूचीमा रहेका यी २४७० जनाको समग्र सम्पत्ति ९५ खर्ब अमेरिकी डलर रहेको छ, जसले विश्वको १२ प्रतिशत विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई ओगटेको छ । वर्ष धनीको प्रथम स्थानमा अमेजन कम्पनीका मालिक जेफ बेसोज छन् भने दोस्रोमा माइक्रोसफ्टका बिल गेट्स र तेस्रोमा बर्कसायर हाथवेका वारेन बफेट छन् । तीनै धनाढ्य अमेरिकी मूलका हुन् ।