कवाडी सङ्कलन केन्द्रमा आगलागी

चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १:३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो।

प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो।

दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो।

आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेका कवाडीका सामान जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन सकेको छैन ।