६ महिनाअघि श्रीमान् गुमाएकी अर्जुनकी आमाले एक्कासि छोराको मृत्यु भएको खबर सुनाउँदा समस्या हुने भएपछि उनका आफन्तले छोरा घाइते छ भनेर भेटन काठमाडौं ल्याएका थिए ।
काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेकी आमा मिठु घिमिरेलाई घाइते छोरालाई भेट्न भन्दै काठमाडौंमा ल्याइएको थियो । ६ महिनाअघि श्रीमान् गुमाएकी अर्जुनकी आमाले एक्कासि छोराको मृत्यु भएको खबर सुनाउँदा समस्या हुने भएपछि उनका आफन्तले छोरा घाइते छ भनेर भेटन काठमाडौं ल्याएका थिए ।
रामेछाप उमाकुण्ड गाउँपालिका गुम्देल घर भएकी मिठुले एक्कासि छोराको मृत्यु भएको भन्दै लास देखेपछि उनको मन थामिएन । उनी भावविह्वल हुँदै भक्कानिएर रोइन् । उनीसँगै त्यहाँ रहेका सबैको मन थामिएन । मृत्यु भएको छोराको अनुहारसम्म हेर्न पाइनन् मिठुले ।